शहिद मान बहादुर स्मृति प्रतिष्ठान स्थापना गर्नुकाे उद्धेश्यहरूः

उद्देश्य:
क) यस संस्थाको उद्देश्य देहाय बमोजिमको हुनेछ:
१) दक्षिणकाली नगरपालिका वडा नं. ८ मा शहिद मान बहादुर स्मृति पार्क निर्माण गरि सो स्थानमा पिकनिक स्पोर्ट निर्माण गरिने छ र सो पार्कबाट आएको आम्दानी सामाजीक कार्यमा लगानी गरिने छ ।
२) शैक्षिक विकासको लागि विभिन्न खालका प्रोत्साहन मुलक कार्यक्रम सञ्चालन गर्ने । शैक्षिक विकासको लागि स्रोत र साधन जुटाई अक्षयकोष खडा गर्ने ।
२) गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर उकास्न सुचनामूलक, सीपमूलक तथा आयमूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा स्थानिय युवा युवतीहरुलाई समाज रुपान्तणको लागि जागरण पैदा गराउने, व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने ।
३) सामाजिक रुपान्तरणको लागि विकासमुलक कार्यक्रमहरुमा जनसहभागिता बढाउनको लागि विचार गोष्ठी चलाउने तथा विकासका कार्यक्रमहरु लैजाने ।
४) सामाजिक जागरणका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुसंग समन्वय गरी मानव अधिकार, कानुनी साक्षरता, नयाँ प्रविधी तथा अन्य खालका चेतनामुलक तालिम, गोष्ठी तथा सेमिनारहरु सञ्चालन गर्ने ।
५) सन्देशमुलक तथा ज्ञानवद्र्धक सामाग्रीहरु समावेश गरी बुलेटिन, पुस्तक, स्मारिका, प्रगतिशिल तथा साहित्यीक रचना तथा पत्रपत्रिकाहरु प्रकाशन गर्ने र कुनै इच्छुक श्रष्टाहरुलाई प्रोत्साहन गर्ने । साथै प्रगतिशिल पुस्तकालय तथा वाचनालयहरु निर्माण गर्ने ।
६) ‘स्वच्छ हावाको लागि वन जोगाऔं’ भन्ने नारालाई चरीतार्थ गर्नको लागि उजाड रहेका जमीनमा वृक्षारोपण गर्ने तथा ‘स्वथ्य जीवनको लागि स्वच्छ वातावरण’ भन्ने नारालाई चरीतार्थ गर्नको लागि जन चेतना कार्यक्रम अगाडी बढाउने ।
९) संस्थाको नीति तथा कार्यक्रमसंग मेल खाने अन्य संघ–संस्थाहरुसंग भातृत्वपूर्ण सद्भाव कायम गरी सहयोग आदान प्रदान गर्ने ।
१०) प्राकृतिक श्रोत र साधनको पहिचान गरी सो को सहि सदुपयोग गर्न सम्वन्धित निकायसंग स्वीकृती लिई अगाडी बढ्ने ।
११) यो संस्था गैह्र नाफामुलक संस्था हुनेछ तर नागरिकहरुको सिप तथा क्षमता विकास गरी आय उपार्जनका कार्यक्रमहरु संञ्चालन गर्न सक्नेछ ।

ख) संस्थाको उद्देश्य प्राप्त गर्नको लागि गरीने कार्यहरु:
यस संस्थाको उद्देश्य प्राप्त गर्नको लागि देहाय बमोजिमको कामहरु गर्नेछ:
१) प्रचलित नेपाल सरकारको कानुन बमोजिम सम्वन्धित निकायबाट ईजाजत लिई कार्य संञ्चालन गर्ने ।
२) संस्थालाई आवश्यक पर्ने भवन, निर्माण गर्ने वा भाडा वा लिजमा लिएर आफ्नो कार्य अगाडी बढाउने छ । कम्प्युटर, प्रिन्टर, टेलिफोन, क्यामेरा जस्ता कार्यालयका सामान तथा सवारी साधन एवम् अन्य आवश्यक सामाग्रीहरु खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्न सक्नेछ ।
३) यस संस्था मार्फत शहिद मान बहादुर स्मृति पार्क, शहिद मान बहादुर स्मृति पुस्तकालय लगायत निर्माण तथा व्यवस्थापन गरिनेछ तथा आवश्यकता अनुसार विविध विधाहरु निर्माण गरी कार्य संचालन गर्नेछ ।
४) संस्थाको लागि आवश्यक कर्मचारी नियुक्त गरी ती कर्मचारीको सेवा शर्त निर्धारण गर्नेछ ।
५) संस्थामा प्राप्त रकम बैंकमा खाता संचालन गरी बैंकमा जम्मा गरिनेछ ।
६) इच्छुक स्वदेशी तथा विदेशी दाता वा संघ संस्थाबाट प्राप्त आर्थिक, भौतिक, नैतिक तथा सैद्धान्तिक सहयोग परिचालन गरी कार्य सम्पादन गर्नेछ साथै संस्थालाई दिगो र आर्थिक रुपमा सवल बनाउन विभिन्न साँंस्कृतिक कार्यक्रमहरु तथा अन्य रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
७) प्रचलित नेपालको कानुन तथा संविधानले प्रदान गरे बमोजिम विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरी संस्थाको उद्देश्य पुरा गर्नेछ ।
८) शहिद मान बहादुर स्मृति पार्क निर्माण गरि आवश्यक भौतिक पुर्वाधार तयार पारी सो को रेखदेखको लागि आवश्यक कर्मचारीको व्यवस्थापन गरिने छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *